काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन स्थगित भएको छ ।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचत स्थगित गरेको हो । केन्द्रीय सम्पादन समितिको बैठकले सर्वसम्मत रुपमा दलको नेता चयन गर्न वार्ता टोली गठन गरेको निर्वाचन समितिकी सदस्य मुना भुसालले जानकारी दिइन् ।
कांग्रेसले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा वार्ता टोली गठन गरेको हो । टोलीमा उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल, गुरुराज घिमिरे र निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही सदस्य छन् ।
निर्वाचन समितिले बिहीबार मतदाताको अन्तिम नामावली पनि प्रकाशन गर्दै दलको नेता चयनका लागि प्रक्रिया सुरु गरेको थियो । संसदीय दलको नेता चयनका लागि शुक्रबार अपराह्न ३ बजेदेखि उम्मेदवारी दर्ताको सुरु गर्ने कार्यक्रम थियो ।
कांग्रेस संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्यलगायतको दाबी छ ।

प्रतिक्रिया