राप्रपा नेता तथा व्यवसायी विक्रम पाण्डे पक्राउ

राप्रपा नेता तथा व्यवसायी विक्रम पाण्डे पक्राउ


काठमाडौं । राप्रपा नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

सीआईबी प्रमुख डा. मनोज केसीकाअनुसार पाण्डेमाथि प्रधानमन्त्री कार्यालयकाे वेबसाइटमा अनाधिकृत पहुँच पुर्‍याएर ठेक्का हात पारेको आरोप छ ।

पाण्डे कालिका ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक हुन् ।