सुकुम्बासी बस्तीमा चल्यो डोजर [तस्वीरहरू]

सुकुम्बासी बस्तीमा चल्यो डोजर [तस्वीरहरू]


काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाइएको छ ।

शनिबार बिहान बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुम्बासी बस्ती हटाउन सरकारले डोजर परिचालन गरेको हो ।

हाल दुईवटा डोजर प्रयोग गरिएको छ भने बस्तीमा रहेका मानिसलाई सुरक्षित रूपमा बाहिर निकाल्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले सहकार्य गरिरहेका छन् ।

सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । थापाथली क्षेत्रमा बिहानैदेखि बाक्लो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगर प्रहरी परिचालन गरिएको छ । बस्ती हटाउने तयारीसँगै सम्भावित तनावलाई ध्यानमा राखेर सुरक्षाकर्मीको उपस्थिति उल्लेख्य रूपमा बढाइएको हो ।

हेरौं तस्वीरहरू –