कर्णाली प्रदेशसभाको सचिवमा डा खड्का

कर्णाली प्रदेशसभाको सचिवमा डा खड्का


कर्णाली। कर्णाली प्रदेशसभाको सचिवमा डा अर्जुनकुमार खड्का नियुक्त हुनुभएको छ । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले मङ्गलबार डा खड्कालाई प्रदेशसभा सचिवमा नियुक्त गर्नुभएको हो । नवनियुक्त प्रदेशसभा सचिव खड्काले मङ्गलबार नै पद तथा गोपनियताको शपथ लिई पदभार ग्रहण गर्नुभएको छ ।

खड्का सिद्धिचरण नगरपालिका–९ ओखलडुङ्गा जिल्लाका स्थायी निवासी हुनुहुन्छ । सङ्घीय संसद सचिवालयमा पाँच वर्ष कानुन सहसचिवको रुपमा काम गरेका खड्कासँग कानुन र न्यायको क्षेत्रमा ४० वर्ष काम गरेको अनुभव छ ।

संविधान निर्माणका क्रममा सविधानको मस्यौदा समितिमा रहेर काम गरेका उहाँले विसं २०७४ सालमा कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन सञ्चालनका क्रममा प्रदेशसभा बैठक सञ्चालनमा सहजीकरण गर्नुभएको थियो ।