काठमाडौं । जिल्ला अदालत काठमाडौंले व्यवसायी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धानका लागि म्याद दिन अस्वीकार गरेको छ ।
मंगलबार न्यायाधीश मोना सिंहको इजलासले गोल्छालाई हिरासतमा राख्ने म्याद दिन अस्वीकार गरेको हो ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गोल्छालाई धरौटी वा जमानत लिएर आवश्यक अनुसन्धान गर्नू भन्ने परमादेश दिएको थियो ।
व्यवसायी गोल्छाविरुद्ध धितोपत्र र बिमा सम्बन्धी कसूरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । धितोपत्रसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले धरौटीमा छोड्न आदेश दिएको थियो । उनी पाँच लाख धरौटी बुझाएर सोमबार साँझ रिहा भएका थिए ।
त्यसलगत्तै ब्युरोले गोल्छालाई बीमासम्बन्धी कसूरमा पक्राउ गरेको थियो । आज जिल्ला अदालतले हिरासतमा राख्नका लागि अनुमति नदिएपछि प्रहरीले गोल्छालाई छोड्ने भएको हो । गोल्छालाई प्रहरीले वैशाख १४ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया