काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकार प्राप्त जग्गा र त्यसमा बनेका संरचना तत्काल खाली गर्न सम्बन्धित पक्षलाई सूचना जारी गरेको छ।
मन्त्रालयले सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ (दोस्रो संशोधन सहित) को दफा ११ को उपदफा (२) बमोजिम यसअघि भोगाधिकार प्राप्त गरेका व्यक्ति, संस्था वा निकायलाई तोकिएको समयभित्र लिजमा परिणत गर्न आग्रह गरेको छ।
सूचनाअनुसार २०७९ फागुन २९ गते र २०८० असोज २९ गते प्रकाशित सूचनाअनुसार लिजमा परिणत गर्न निवेदन नदिएका भोगाधिकार लिने पक्षहरूको भोगाधिकार स्वतः समाप्त भइसकेको उल्लेख छ।
मन्त्रालयले त्यस्ता व्यक्ति तथा संस्थाले सम्झौता अनुसार तिर्न बाँकी रकम भए सरकारी खातामा दाखिला गरी सम्बन्धित जग्गा र त्यहाँ निर्मित संरचनासमेत तत्काल खाली गर्न निर्देशन दिएको छ।
यो सूचना भोगाधिकार लिएका सबै सम्बन्धित सरोकारवालालाई जानकारी गराउने उद्देश्यले सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया