काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठले अध्यक्ष पदको शपथग्रहण गरेका छन् ।
महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई शपथग्रहण गराएका हुन् ।
आज महासंघका नवनिर्वाचित कार्यकारिणी समितिका सदस्यहरूलाई प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले अन्य नवनिर्वाचित सदस्यहरूले समेत शपथग्रहण गराएका हुन् ।

प्रतिक्रिया