सरकारले गर्‍यो १५ अवैतनिक दूतलाई पदमुक्त

सरकारले गर्‍यो १५ अवैतनिक दूतलाई पदमुक्त


काठमाडौं । सरकारले विभिन्न मुलुकस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनले परराष्ट्र मन्त्रालयको प्रस्तावमा यो निर्णय गरिएको बताए ।

यस्तै मन्त्रिपरिषद्ले आगामी २८ गते अपराह्न चार बजे बस्ने संघीय संसद् बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।