पूर्वराजदूत निलाम्बर आचार्यले प्रधानन्यायाधीशका लागि चौथो वरीयताका मनोजकुमार शर्मालाई रोजिएको भन्दा पनि पहिलादेखि तेस्रो वरीयताको न्यायाधीशलाई अस्वीकार गरिनुमा प्रश्न रहेको बताएका छन् । संवैधानिक परिषद्ले बिहीबार चौथो वरीयताका डा. मनोज शर्मालाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेपछि उनले यस्तो लेखेका हुन् ।
‘प्रश्न के होइन भने चौथो वरीयताका डा मनोजकुमार शर्मालाई किन रोजियो । प्रश्न के हो भने पहिलो वरीयताका सपना प्रधान मल्ललाई किन अस्वीकार गरियो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसैगरी दोस्रो र तेस्रो वरीयताका कुमार रेग्मी र हरिप्रसाद फुयाँललाई किन अस्वीकार गरियो । ठाडो ओठे जवाफ होइन, तात्विक आशय प्रस्ट आउनुपर्छ ।’

प्रतिक्रिया