काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भूमिहीन सुकुम्बासीका समस्याबाट आफूले छाती नहटाएको बताएका छन् ।
आइतबार प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले सरकारले सुकुम्बासी समस्या समाधान गर्न खोजिरहेको बताए ।
उनले भने, “हाम्रो कारणले, हाम्रो पार्टीको कारणले एउटा पनि सुकुम्बासीको घर ठडिएको छैन । विगतमा उनीहरूलाई भोट बैंकका रूपमा प्रयोग गरिएकाले यो समस्या बल्झिएको हो भन्ने जगजाहेर छ । हामी त यो समस्या समाधान गर्न चाहन्छौं ।’
लामिछानेले भूमिहीनहरूलाई नउचाल्न पनि आग्रह गरे ।
उनले भने, “…म छाती थाप्न तयार छु । भूमिहीनहरूको समस्याबाट मैले आफ्नो छाती हटाएको छैन । हामी उहाँहरूलाई अधिकार दिन्छौं । उहाँहरूलाई अधिकार नदिलाएसम्म मेरो छाती हट्नेवाला छैन ।”
उनले अन्तर्वार्ता, सामाजिक सञ्जालमा लेख्दा विवाद आउने कुरामा ध्यान दिन आग्रह गरे । “पार्टीको एउटा लाइनभन्दा बाहिर गएर । कुनै झुण्ड समूह, ग्रुपमा विश्वास नगर्न अनुरोध गर्न चाहन्छु,” उनले भने ।
उनले बालेन कि रवि भनेर हिँड्दा केही सांसदको मन्त्री बन्ने सम्भावना गुमेको खुलासा गरे । कहिलेकाहीँ बालेन–रवि, रवि–बालेन म यताको र उताको भन्ने कुरा गर्छन् । प्रधानमन्त्रीजी र म एकअर्कालाई कुरा गरेर बढो हास्छौँ । फलानोले यसो भन्यो भन्ने हामीलाई थाहा हुन्छ । यस्ता कुरा छ, यस्ता कुरा छलफल गर्ने भनेर,” उनले भने, “म यताको हो नि उताको हो नि भनेर हेरेका कारणले मन्त्री नभएको साथी पनि हुनुहुन्छ ।”

प्रतिक्रिया