एसइईको नतिजा सार्वजनिक, कसरी हेर्ने ?

एसइईको नतिजा सार्वजनिक, कसरी हेर्ने ?


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ ।

सोमबार अपराह्न बसेको बोर्ड बैठकले आजै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

विगतमा करिब तीन महिना लाग्दै आएको एसइई नतिजा बालेन शाहको नेतृत्वमा सरकार बनेसँगै पहिलो पटक एक महिनामै नतिजा प्रकाशित भएको हो ।

यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी थिए । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिएका छन् ।

कसरी हेर्ने ?