काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय कार्य समितिमा बिना कुनै परामर्श नै मनोनयन गरेपछि डा शेखर कोइराला समुहका नेताहरुको छलफल सुरु भएको छ । कोइरालाको सम्पर्क कार्यलय विशालनगरमा जम्मामा भएका पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरूले विरोध जनाएका छन् ।
बिहान ९ बजेदेखि सुरु भएको उक्त छलफलमा धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, उमेशजंग रायमाझी, डा. गोविन्द पोखरेल, गोविन्द भट्टराई लगायत करिब दुई दर्जन केन्द्रीय सदस्य तथा पूर्वपदाधिकारीहरू सहभागी छन् ।
छलफलमा सहभागी एक केन्द्रीय सदस्यले बताएअनुसार, “सभापति थापाले हामीलाई कुनै परामर्श नगरी केन्द्रीय समितिमा मनोनयन गरेको जानकारी दिएका छन् ।” उनीहरूले मनोनयन प्रक्रियाको पारदर्शिता र परामर्शको अभावमा असन्तुष्टि व्यक्त गरेका छन् ।
यो घटनाले नेपाली कांग्रेसभित्र फेरि आन्तरिक मतभेद देखिएको छ । सभापति गगन थापाले हालै केन्द्रीय समितिमा कोइराला र देउवासमुहका १९ जनालाई सदस्यहरू मनोनयन गरेका थिए । डा शेखर कोइराला पक्षका नेताहरूले यो मनोनयनलाई ‘एक्लो निर्णय’ को रूपमा लिएका छन् । छलफलमा सहभागीहरूले आगामी रणनीति र पार्टी सङ्गठनलाई कसरी अघि बढाउने भन्नेबारे छलफल गरिरहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया