भारतीय विदेशमन्त्री जयशंकरलाई नेपाल भ्रमणको निम्तो

भारतीय विदेशमन्त्री जयशंकरलाई नेपाल भ्रमणको निम्तो


काठमाडौं । भारतीय विदेशमन्त्री डा. एस जयशंकर नेपाल भ्रमणमा आउने भएका छन् ।

नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले समकक्षी जयशंकरलाई मौरिसस भ्रमणका क्रममा नेपाल भ्रमणको निम्तो दिएका थिए ।

यसबारे भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मंगलवार गरेको विशेष प्रेस ब्रिफिङमा जानकारी दिए ।

जैसवालले भने, “भारतीय विदेशमन्त्रीलाई भ्रमणको औपचारिक निम्तो आएको छ । भ्रमणको मिति आपसी सहमतिबाट तय गरिने छ ।”