काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाश अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका छन् । सभामुख डीपी अर्याललको सिफारिसमा राष्ट्रपतिले अधिकारीलाई सचिव नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
अर्याल सभामुख निर्वाचित भएपछि नयाँ सचिव ल्याउने खेल सुरु भएको थियो । सभामुख अर्यालले आफूनिकट व्यक्तिलाई सचिवमा ल्याउन यसअघिका सचिव हर्कराज राईलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।
दुईपटक स्पष्टीकरण सोधेरे सभामुखले पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । त्यसपछि राष्ट्रपति पौडेलले राईलाई मंगलबार पदमुक्त गरेका थिए ।
मंगलबार राई पदमुक्त भएपछि रिक्त पदमा अधिकारी नियुक्त भएका हुन् । संखुवासभाका अधिकारी अर्यालका नकिट व्यक्ति हुन् । यसअघि अर्याल श्रममन्त्री हुँदा अधिकारी उनका निजी सचिव थिए ।


प्रतिक्रिया