स्थगित भयो प्रतिनिधिसभा बैठक

स्थगित भयो प्रतिनिधिसभा बैठक


काठमाडौं । विपक्षी दलहरूले लगातार अवरोध गरेपछि बुधबारको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

दुईपटक स्थगित भएर तीनपकट सुरु भएको बैठक विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको हो । सभामुख डीपी अर्यालले भोलि बिहानसम्मका लागि बैठक स्थगित गरेका छन् ।

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने अडान राख्दै विपक्षी दलहरूले बैठक अवरोध गरेका हुन् । सभामुख अर्यालले दुईपटक बैठक स्थगित गरी दलहरूसँग छलफल गरे पनि निष्कर्ष निस्किएको छैन ।

प्रधानमन्त्री बनेयता बालेनले हालसम्म संसद्मा सम्बोधन गरेका छैनन् । नीति तथा कार्यक्रम प्रधानमन्त्रीले टेबुल गर्ने कार्यसूची थियो बुधबार । तर, बालेनले आफू नआई अर्थमन्त्री स्वर्णिम वाग्लेलाई त्यसको जिम्मा दिए । त्यसपछि विपक्षीहरूले प्रधानमन्त्रीलाई संसद्मा उपस्थितिका लागि रुलिङ गर्न माग गरे पनि सभामुखले अस्वीकार गरे ।