कांग्रेसका ७ जनाले ‘फ्लोर क्रस’ गर्ने संकेतपछि मुख्यमन्त्रीको विश्वासको मत अनिश्चित

कांग्रेसका ७ जनाले ‘फ्लोर क्रस’ गर्ने संकेतपछि मुख्यमन्त्रीको विश्वासको मत अनिश्चित


जनकपुरधाम । कृष्ण प्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारको विश्वासको मत प्रक्रिया अन्तिम समयमा आएर अनिश्चित बनेको छ । कांग्रेसभित्रै ‘फ्लोर क्रस’ हुने सम्भावना बढेपछि सरकारले विश्वासको मत लिनबाट पछि हट्न सक्ने स्रोतले बतायो । गगन र शेखर कोइराला पक्षका सांसदहरूले फ्लोर क्रस गर्न सक्ने सूचना आएको स्रोतले दाबी गर्‍यो ।

आज बिहान ११ बजेको लागि बोलाइएको प्रदेशसभा बैठक दिउँसो १२ बजेसम्म पनि सुरू हुन सकेको छैन । यसबीच सत्ता गठबन्धनका शीर्ष नेताहरू आन्तरिक छलफलमा व्यस्त छन् । उच्च स्रोतका अनुसार नेपाली कांग्रेसका करिब ७ जना प्रदेशसभा सदस्यले ‘फ्लोर क्रस’ गर्न सक्ने सूचना नेतृत्वसम्म पुगेपछि विश्वासको मत प्रक्रिया स्थगित गर्ने तयारीसमेत भइरहेको छ ।

मुख्यमन्त्री यादव नेतृत्वको सरकारले आजै विश्वासको मत लिने तयारी गरेको थियो । गत वैशाख २२ गते जनमत पार्टी ले सरकारबाट समर्थन फिर्ता लिएपछि संविधानअनुसार सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था रहेको छ ।