काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद कृष्णकुमार कार्की बोल्नका लागि नाम टिपाएर पनि संसदमा गयल भएका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्नका लागि नाम टिपाए पनि उनी गयल भएका हुन्। किनभने उनलाई एक विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र परेको आरोप लागेको छ। मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित कार्कीले नाइजेरिया कि २६ वर्षीया युवती रिता अजुकोलाई गर्भवती बनाएर अलपत्र पारेको समाचार जनआस्था डटकममा प्रकाशित भएको छ।
संसद बैठक चलिहँदा समाचार प्रकाशित भएको थियो। कार्कीले जनआस्थासँग म मिटिङ्गमा छु, अहिले कुरा गर्न मिल्दैन भन्दै पन्छिएका थिए। यद्यपि उनले संसदमा भने बोल्नका लागि नाम टिपाएका थिए। सोमबारको संसदको शून्य समयमा उनलाई बोल्नका लागि सभामुख डोलप्रसाद अर्यालले तीन पटक नाम लिएका थिए। तर उनी संसदमा देखिएनन्। एमालेका सांसद कृपाराम रानापछि अर्यालले सभामुखको ड्यासबाट उनको नाम उच्चारण गरेका थिए।
‘माननीय सदस्य कृष्णकुमार कार्की‘‘, माननीय सदस्य कृष्णकुमार कार्की‘।।, माननीय सदस्य कृष्णकुमार कार्की’, सभामुख अर्यालले भनेका थिए।
तर कार्की उपस्थित नभएपछि अर्यालले सांसद केपी खनाललाई बोल्नका लागि समय दिएका थिए। शून्य समय भनेको जनताको मुद्दा संसदसम्म पुर्याउने समय हो। शून्य समयमा एक मिनेटको समय हुन्छ। त्यस समयमा जनताका विभिन्न मुद्दालाई संसदसम्म पुर्याउने काम गरिन्छ।
जनआस्थाले कार्कीले नाइजेरियन युवती अजुकोलाई आफ्नो ढाडमा बोकेर हिँडेको, ड्राइभिङ सिकाएकोलगायतका ह्वाटस् एपमा भएका कुराकानीको भिडियो सार्वजनिक गरेको छ। अजुकोले आफू गर्भवती भएको जानकारी पाएपछि कार्की सम्पर्कविहीन बनेको बताएकी छन्। अजुको र कार्की लिभिङ्ग रिलेसनशीपमा थिए। अजुकोले गर्भवती भएको थाहा पाएपछि गर्भपतन गर्न चाहेको तर कार्कीले नमानेको समाचारमा छ।
सांसद कार्की विवादित व्यक्ति पनि हुन्। उनी गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा संसद भवन जलाउने काममा संलग्न रहेको तस्बिरहरू सार्वजनिक भएको थियो।

प्रतिक्रिया