काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले अध्यक्ष पदका लागि संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ ।
अर्थ मन्त्रालयअन्तर्गत गठित नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट सिफारिस समितिले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (३) बमोजिम आवेदन दिएका व्यक्तिमध्ये चार जनाको नाम संक्षिप्त सूचीमा समावेश गरेको हो ।
समितिले सार्वजनिक गरेको सूचनाअनुसार संक्षिप्त सूचीमा डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्ट परेका छन् ।
समितिले उनीहरूलाई कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि बोलाएको छ । अन्तर्वार्ता २०८३ जेठ ८ गते शुक्रबार अर्थ मन्त्रालय, सिंहदरबारमा हुने जनाइएको छ ।
सूचनाअनुसार डा. नवराज अधिकारीको अन्तर्वार्ता बिहान १ बजे, विनयदेव आचार्यको बिहान १ः३० बजे, मुकुन्दकुमार क्षेत्रीको दिउँसो २ बजे र डा. गोपालप्रसाद भट्टको दिउँसो २ः३० बजे तय गरिएको छ ।

प्रतिक्रिया