विस्थापित सुकुम्वासीलाई एकमुस्ट २५ हजार दिने सरकारको निर्णय

विस्थापित सुकुम्वासीलाई एकमुस्ट २५ हजार दिने सरकारको निर्णय


काठमाडौं । सरकारले डोजर चलाएर सुकुम्वासी बस्तीबाट विस्थापित बनाएकालाई व्यवस्थापनका लागि एकमुस्ट २५ हजार रुपैयाँ दिने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौंका नदी किनाराबाट विस्थापित भएकाहरूलाई व्यवस्थापनका लागि एकमुस्ट सो रकम दिने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनले प्रति परिवार मासिक १५ हजार रुपैयाँ पनि दिने निर्णय भएको बताए ।

बालेन सरकारले आफैँ सुकुम्वासीमा डोजर चलाई विस्थापित भएकाहरूलाई आफैँ व्यवस्थापनका लागि भन्दै रकम पनि दिन लागेको हो ।

सरकारले विभिन्न परियोजनाका लागि वैदेशिक ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ ।