काठमाडौं ।सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदा बसेकी छन् ।प्रधानन्यायाधीशमा डा। मनोज कुमार शर्माको नियुक्तिसँगै मल्ल बिदा बसेकी हुन् ।सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मल्ल २० दिन बिदामा बसेको जानकारी दिए ।
यसअघिका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदले अवकाश भएपछि बरिष्ठतम न्यायाधीश मल्लले २०८२ चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । तर संवैधानिक परिषदले आफूभन्दा जुनिएर डा। शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि उनी असन्तुष्ट थिइन् । डा। शर्माले मंगलबार संसदीय सुनुवाइको प्रक्रिया सकेर सोही दिन नै शपथ ग्रहण गरी पदभार ग्रहण गरिसकेका छन् । शर्माको शपथ ग्रहण समारोहमा मल्ल सहभागी पनि भएकी थिइनन् ।

प्रतिक्रिया