काठमाडौं । बिहीबार प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि प्रतिपक्षी दलले अवरोध गरेका छन् ।
सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही अघि बढाएपछि विपक्षी वेलमा पुगेका हुन् । उनीहरूले नाराबाजी गरिरहेका छन् ।
यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसद्मा जवाफ दिनुपर्ने भन्दै विपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका थिए ।
त्यसपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । अहिले फेरि संसद् सुरु भएसँगै विपक्षीको नाराबाजीबीच सभामुख अर्यालले संसद्को कारबाही अघि बढाएका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने सिटबाट उभिएर विरोध गरिरहेको छ । विपक्षीले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम माग गरिरहेका छन् ।
वेलमा रहेका प्रतिपक्षीले निरंकुश प्रवृत्ति मुर्दावाद, संविधानभन्दा माथिको प्रधानमन्त्री चाहिँदैन लगायतका नारा लगाएर उभिएर विरोध गरिरहेका छन् ।

प्रतिक्रिया