काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री छिट्टै सदनमा आएर उठेका प्रश्नको जवाफ दिने बताएका छन् ।
बिहीबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले प्रधानमन्त्री छिट्टै सदनमा आउने र यसको जानकारी पनि छिट्टै हुने बताएका हुन् ।
प्रधानमन्त्री संसद्मा नआउँदा तपाईंलाई दबाब बढेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा लामिछानेले आफूलाई कुनै दबाब नभएको बताए । उनले जनताको अपेक्षाअनुसार सरकारले काम गरोस् भन्ने दबाब भने आफूलाई हुने गरेको उल्लेख गरे ।
सभापति लामिछानेले महाधिवेशनमा पार्टी होमिएको र महाधिवेशनमार्फत पार्टीलाई ठीक ढंगले अघि लिएर जाने धारणा राखे ।

प्रतिक्रिया