अमेरिकाको ह्वाइट हाउसनजिक सुरक्षा जाँच चौकीमा गोली चलेको छ । शनिबार साँझ वाशिङ्टन डीसीस्थित १७औँ सडक र पेन्सिल्भेनिया एभिन्यूको चेकपोइन्टमा गोली चलेको हो । गोली चलेपछि अमेरिकाको गुप्तचर सेवाका सुरक्षाकर्मीले ती गोली चलाउने व्यक्तिलाई गोली हानी मारेका छन् । ती व्यक्ति सर्वसाधारण रहेको बीबीसीको समाचारमा उल्लेख छ । ती व्यक्तिले झोलाबाट बन्दुक निकालेर सुरक्षाकर्मीमाथि गोली चलाएका थिए । त्यसपछि सुरक्षाकर्मीले जवाफी कारबाही गर्दा उनी घाइते भएका थिए र अस्पतालमा मृत्यु भएको पुष्टि गरिएको छ ।
घटनाका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै रहेका थिए, तर उनी सुरक्षित रहेको जनाइएको छ । गोलीकाण्डपछि ह्वाइट हाउस क्षेत्रमा कडा सुरक्षा व्यवस्था गरिएको छ । घटनामा कुनै पनि सुरक्षाकर्मी घाइते भएका छैनन् । अनुसन्धान जारी रहेको भन्दै आक्रमणकारीको पहिचान र उद्देश्य सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया