काठमाडौं । आइतबार भारतको महाराष्ट्र प्रहरीलाई कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिप्केको घर बाहिर तैनाथ गरिएको छ ।
बीबीसी मराठी सेवाका अनुसार एक प्रहरी अधिकारीले छत्रपति संभाजीनगरमा रहेको दिप्केको घर बाहिर प्रहरी तैनाथ गरिएको पुष्टि गरे ।
छत्रपति संभाजीनगरका प्रहरी उपायुक्त पंकज अतुलकरले भने, “वरिष्ठ अधिकारीहरूले अभिजित दिपकेको घरको सुरक्षा गर्न निर्देशन दिनुभएको थियो । हामीले सुरक्षा प्रदान गरिरहेका छौं ।”
उनले थप भने, “त्यहाँ एउटा प्रहरी भ्यान र एक अधिकृत पनि खटाइएको छ । हामी त्यहाँ शान्ति सुरक्षा कायम राख्न पूर्ण ध्यान दिनेछौं ।”
अभिजीत दीप्केले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफूलाई धम्की आएको दाबी गरेका छन् । उनले केही स्क्रिनसटहरू पनि सेयर गरेका छन् ।
दीप्केले आफ्नो फेसबुक ह्यान्डलमा एउटा भिडिओ सेयर गरेका छन्, जसमा एक युवकले उनी र उनको परिवारको बारेमा अपमानजनक टिप्पणी गरिरहेको देखिन्छ ।

प्रतिक्रिया