काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेत कविन्द्र बुर्लाकोटीले अबको एक हप्ताभित्र प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित हुने जानकारी गराएका छन् ।
विपक्षी दलहरूले संसद्मा प्रधानमन्त्री शाह उपस्थित हुनुपर्ने र सवालको जवाफ दिनुपर्ने माग गरिरहेका छन् । यही क्रममा मंगलबारको बैठकमा पनि विपक्षी दलहरूले संसद् अवरोध गरेका थिए । त्यसपछि केही समयका लागि संसद् बैठक स्थगित भएको थियो । सो समयमा सबै दलका प्रमुख सचेतकहरू र सभामुखबीच छलफल भएको थियो ।
त्यसपछि बसेको बैठकमा पनि विपक्षी दलहरूले अवरोध जारी राखेपछि सभामुख डीपी अर्यालले रास्वपाका प्रमुख सचेतक बुर्लाकोटीलाई बोल्ने समय दिएका थिए । सो क्रममा उनले प्रधानमन्त्रीको सचिवालयमा आफ्नो कुरा भएको र आगामी एक हप्ताभित्र संसद्मा उपस्थित हुने जानकारी गराएका हुन् ।

प्रतिक्रिया