काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई बैठकमा बोलाउन नसक्ने भए आफैँलाई निकाल्न सभामुखसँग माग गरेका हर्क साम्पाङले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता साम्पाङले संसद् बैठकमा प्रधानमन्त्रीलाई बोलाउन नसक्ने भए आफूलाई संसद् नियमावालीअनुसार निस्कासन गर्न अनुरोध गरेका थिए ।
सभामुख डोल प्रसाद अर्यालले हिजो पनि यो विषयमा कुरा भएको जवाफ दिए ।त्यसपछि साम्पाङ आफैँ बैठक हलबाट बाहिरिएका छन् ।

प्रतिक्रिया