दिल्लीमा रविको हाइप्रोफाइल भेटघाट गरे जयशंकरसँग राजनीतिक संवाद

दिल्लीमा रविको हाइप्रोफाइल भेटघाट गरे जयशंकरसँग राजनीतिक संवाद


काठमाडौ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मंगलबार भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन्। समाचार संस्था एशियन न्यूज इन्टरनेशनलका अनुसार उच्चस्तरीय सो भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो। भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्य पनि सहभागी थिए। रवि–जयशंकर भेटमा भारतीय विदेश सचिव विक्रम मिश्री पनि सँगै थिए।

प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट अनिश्चित भएपछि मिश्रीले नेपाल भ्रमण स्थगित गरेका थिए। अहिले सत्तारुढ पार्टी रास्वपाका सभापति लामिछानेसँग विदेशमन्त्री जयशंकरसँगै मिश्रीको भेट भएको हो। भारतीय विदेशमन्त्री जयसंकरले प्रतिक्रिया दिँदै भनेका छन्, ‘रास्वपा सभापति रवि लामिछानेसँगको भेटवार्ता फलदायी रह्यो।’वार्ता विकास र दुई देशबीचको जनता–जनताबीचको सम्बन्ध केन्द्रित रहेको उनले जनाए।

पाँच दिने भारत भ्रमणको क्रममा दिल्लीमा रहेका लामिछानेले मंगलबार बिहान बीजेपी शीर्ष नेताहरुसँग भेटवार्ता गरेका थिए। विदेशमन्त्री जयशंकरसँगको भेटमा दुई देशका राजनीतिक दलहरुबीचको सम्बन्ध र क्षेत्रीय हितका विषयमा समेत कुराकानी भएको थियो।