पाँच बुँदे प्रस्तावको जवाफ मागे डा कोइरालाले कांग्रेस सभापति गगन थापासंग

पाँच बुँदे प्रस्तावको जवाफ मागे डा कोइरालाले कांग्रेस सभापति गगन थापासंग

देउवा केहि सोचेर नै नेपाल आउदै हुनुपर्छ


काठमाडौ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले आफुले गगन थापासंग भेटमा प्रस्ताव गरेको पाँच बुँदे प्रस्ताव जवाफ नआएको बताउनुभएको छ । जेठको पहिलो साता नै कांग्रेस सभापति गगन थापालाई भेट भै आफुले पार्टी एकताका लागी पाँच बुँदे प्रस्ताव गरेको स्मरण गराउदै उहाँले विकासटाइम्ससग भन्नु भयो पार्टी एकता सामाजिक संजालमा गरेको छलफलले टुङ्गोमा पुग्दैन त्यसको लागी गगनजीहरु इच्छा शक्ति हुनुपर्यो ।
आफुले सबैपक्ष संग छलफल समन्वय गरेरै पाँच बुँदे सहमतिको प्रस्ताव गरेको जानकारी दिनुभयो । उहाँले अगाडी भन्नुभयो -‘पाँच बुँदेको जवाफ नदिने सामाजिक संजालबाट सात बुँदे प्रस्ताव गरेको छौ भनेर चर्चा गर्नु पार्टी एकताको पक्षमा गंभीर नदेखिनु हो ।’
उहाँ सबैको भावना अनुरुप तत्काल पार्टीमा सहमति कायम हुन सकेने भने राजनितिक दुर्घटना हुने समेत बताउनुभयो । काँग्रेस निर्वतमान सभापति शेर बहादुर देउवा नेपाल फर्कने बिषयमा जिज्ञाशा राख्दा उहाँले भन्नु भो -‘ अहिले केहि टिप्पणी गर्दिन तर उहाँ केहि सोचेरै नेपाल आउदैहुनुहुन्छ होला ‘
यि हुन् कोइरालाका पाँच बुँदे प्रस्ताव

१, १५औँ महाधिवेशनको लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने
२, १४औँ महाधिवेशन पछाडि नवीकरण गरिएका र वितरण गरिएका क्रियाशील सदस्यता कै आधारमा १५औँ महाधिवेशन गर्ने ।
३, १४औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने ।
४, कार्य सम्पादन समिति सभापतिको बहुमत हुनेगरी गठन गर्ने ।
५, निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति र अन्य समितिहरु आपसी सहमतिबाट मात्रै बनाउने ।