रास्वपामा हालसम्म करिब ४ हजार प्रतिनिधिले बुझाए ५ हजारका दरले शुल्क

रास्वपामा हालसम्म करिब ४ हजार प्रतिनिधिले बुझाए ५ हजारका दरले शुल्क


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको भोलि सुरु हुने पहिलो महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

अहिले केन्द्रीय समितिको अन्तिम बैठक चितवनमा बसिरहेको छ । बैठकमा अहिले उपसमितिका संयोजकहरूले महाधिवेशनको तयारीबारे जानकारी गराइरहेका छन् ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार प्रतिनिधिबारे उपसमिति संयोजक लिमा अधिकारीले हालसम्म ३,९९० प्रतिनिधिले प्रतिव्यक्ति ५,००० सहभागिता शुल्क बुझाएको जानकारी गराएकी छिन् । अधिकारीका अनुसार तथ्याङ्क निर्वाचन आयोगलाई बुझाइएको छ र रूजु गर्ने प्रक्रियामा रहेको छ ।

यस्तै यातायात व्यवस्थापन उपसमिति संयोजक शिव नेपालीले पार्किङ र स्थानीय यातायातबारे बैठकमा जानकारी गराएका छन् ।

यस्तै महाधिवेशन स्वास्थ्य व्यवस्था उपसमिति संयोजक डाक्टर तोशिमा कार्कीले बैठकमा भनिन्, ‘गर्मी छ, टन्न पानी पिउनुस् । तीन स्थानमा हेल्थ डेस्क राखिएको छ ।’