काठमाडौं । रास्वपाका उपसभापति डा। स्वर्णिम वाग्लेले आमूल सुधारको राजनीतिमार्फत नेपाललाई जिताउन आएको बताएका छन् ।
आइतबार चितवनमा पार्टीको प्रथम महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उपसभापित वाग्लेले आफूहरु कसैलाई हराउन र पुरानो पुस्तासँग लड्न नभई नेपाललाई जिताउन र राजनीतिक संस्कार बसाल्न आएको बताएका हुन् ।
रास्वपालाई आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण गर्न लागिएको भन्दै उहाले परिणाम दिने गरि काम गर्ने उद्घोष गरे । उनले देशमा नै नागरिकले भरोसा गर्न सक्ने, युवाले अवसर प्राप्त गर्न सक्ने र उद्यमीले बिना भय लगानी गर्न सक्ने वातावरण बनाएरै छाड्ने बताए ।
प्रथम महाधिवेशन केवल संगठनात्मक कार्यक्रम नभइ नेपालको राजनीतिक पुनर्जागरणको प्रारम्भ हुन सक्ने उनले बताए ।
त्यस्तै उपसभापति वाग्लेले रास्वपाको महाधिवशेन निराशाबाट आशातर्फ, गैरजिम्मेवारीबाट जवाफदेहितातर्फ, संरक्षणवादबाट प्रतिस्पर्धातर्फ, र बरालिएको राजनीतिबाट खुला, सक्षम र परिणाममुखी लोकतन्त्रतर्फको यात्राको उद्घोष समेत भएको धारणा राखे ।

प्रतिक्रिया