तनहुँ, असार ८ गते । जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका एक व्यक्तिलाई प्रक्राउ गरेको छ । लागूऔषध कसुरमा पुर्पक्षका लागि थुनामा रहेका मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ घर भई हाल पोखरा महानगरपालिका–९ सिम्पानी बस्दै आएका ३० वर्षीय जयकुमार बल तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका तामाङलाई जिल्ला प्रहरी कार्यालय कास्की मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका तामाङलाई आवश्यक कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।

प्रतिक्रिया