रास्वपाको बन्दसत्र सुरु

रास्वपाको बन्दसत्र सुरु


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्दसत्र सुरु भएको छ ।

सभापति रवि लामिछाने आएसँगै भरतपुरको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्दसत्र सुरु भएको हो ।

सोमबार नै बन्दसत्र सुरु गर्ने कार्यसूची भए पनि प्रतिनिधि विवादले ढिलाइ भएको हो ।

अब बन्दसत्रमा विभिन्न ६ वटा प्रतिवेदन पेश गर्ने तयारी छ ।