चितवन । रास्वपा महाधिवेशनअन्तर्गत मतदान अझै बिलम्ब भइरहेको छ । विद्युतीय मतदान व्यवस्थापन गर्ने रामलक्ष्मण इनोभेसनका सञ्चालक रामप्रसाद रिमालका अनुसार यो पङ्क्ति तयार पार्दासम्म रास्वपा निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली दिएको छैन ।
रास्वपाले अहिले ८स्३० मा मतदान शुरू गर्ने तालिका सार्वजनिक गरेको थियो । रिमालले ८:४० कटिसक्दा पनि नामावली प्राप्त नभएको नेपाल प्रेसलाई बताए ।‘अन्तिम नामावली आयो भने हामी एक(डेढ घण्टामा भोटिङ शुरू गर्न सक्छौं’, उनले भने, ‘हामी उहाँहरूसँग नाम मागिरहेका छौँ, पाइएको छैन ।’

प्रतिक्रिया