विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण निवेदनमा कारण देखाऊ आदेश

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण निवेदनमा कारण देखाऊ आदेश


काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण निवेदनमा कारण देखाऊ आदेश दिएको छ । पौडेलकी श्रीमती दोमाया पौडेलेको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि प्रहरीले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । पौडेलकी श्रीमती दोमायको निवेदनमा सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलेको इजलासले पक्राउको आदेश दिने विभागसँग पक्राउको कारण माग गरेको हो ।

पौडेलकी श्रीमतीले पक्राउ गर्नुपर्ने कानुनी आधार नरहेको भन्दै थुनाबाहिरै बसेर पुर्पक्षको मागसहित बुधबार रिट दायर गरेकी थिइन् । अदालतले पौडेललाई सात दिन थुनामा राख्न आदेश दिएको छ ।