रास्वपा चुनाव : पदाधिकारीका उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक

रास्वपा चुनाव : पदाधिकारीका उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो चरणको निर्वाचनअन्तर्गत पदाधिकारीका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक भएको छ ।

निर्वाचन आयोगले भर्खरै सार्वजनिक गरेको सूची अनुसार उपसभापति खुल्लामा डा. स्वर्णिम वाग्लेको एकल उम्मेदवारी परेको छ । महिला उपसभापतिमा २ जना मैदानमा छन् ।

सबैभन्दा धेरै महामन्त्रीमा १० जनाले मनोनयन दर्ता गराएका छन् । सहमहामन्त्री पुरुषमा ११ र सहमहामन्त्री महिलामा ५ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।