काठमाठौं । एमाले उपाध्यक्ष तथा पूर्वमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको हिरासतमा थप तीन दिन राख्न अदालतले अनुमति दिएको छ । सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई आज म्याद थपका लागि सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा पेस गरेको थियो ।
विशेषका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले म्याद थप गर्ने अनुमति दिएको हो । पौडेल यही असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया