काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते आइतबार बस्ने भएको छ ।
मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनाअनुसार बैठक दिउँसो १ बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा बस्ने तय भएको हो ।
पार्टीभित्र आगामी महाधिवेशनको तयारी, विधानको व्याख्या र आन्तरिक व्यवस्थापनलाई लिएर दुई धार स्पष्ट देखिएका बेला यो बैठक बोलाइएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि पार्टीले अनुरोध गरेको छ । कांग्रेसले बैठकका एजेन्डाबारे भने सार्वजनिक गरेको छैन ।


प्रतिक्रिया