काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले धार्मिक स्थलमा तोडफोड र आगजनी गर्ने तथा गम्भीर अपराधमा संलग्न व्यक्तिलाई कोर्रा लगाउने व्यवस्थासहितको कानुन बनाउन प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले अपराध नियन्त्रणमा कमजोरी देखाएको आरोप लगाए । “मेरो तेरो नभनी कर्याप झ्याप पारेर हानौँ न कोर्रै–कोर्राले । त्यस्तो कानुन बनाऔँ । यही हो कानुन बनाउने ठाउँ,” साम्पाङले भने । उनले अहिलेको कानुनी प्रक्रिया प्रभावकारी नभएको टिप्पणी गरे ।
साम्पाङको अभिव्यक्तिपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले नियमापत्ति जनाउँदै कोर्रा लगाउनेजस्तो सजायको प्रस्तावको विरोध गरिन् । “कोर्रा लगाउने, यातना दिनुहुन्न भन्ने कानुन ल्याउने व्यक्तिमा म पर्छु । जनतालाई कोर्रा लगाउने उपयुक्त शब्द भएन, ती शब्द रेकर्डबाट हटाउन अनुरोध गर्दछु,” उनले भनिन् ।

प्रतिक्रिया