देउवाले भने – ज्ञानेन्द्र शाहले त सकेनन्, अरुले सक्छ यहाँ ?

देउवाले भने – ज्ञानेन्द्र शाहले त सकेनन्, अरुले सक्छ यहाँ ?


काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सरकारप्रति असन्तुष्टि जनाउँदै आफूलाई नेपाली जनता र अदालतमाथि पूर्ण विश्वास रहेको बताएका छन् ।

हङकङ भ्रमणबाट स्वदेश फर्किएपछि निवासमा जम्मा भएका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले विगतमा तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा गठित शाही आयोगविरुद्ध पनि कानुनी लडाइँ लडेको स्मरण गरे ।

“पूर्वराजा ज्ञानेन्द्रको शाही आयोगको खिलाफमा पनि मुद्दा लडेको हुँ । शाही आयोगले पनि जेलमा पठाएको हो,” उनले भने, “अहिले यहाँको अदालतले पनि शेरबहादुर र आरजूलाई पक्राउ नगर्नू भन्यो । सम्पत्ति शुद्धीकरणले पनि केही छैन भन्यो । यो देशमा जनता र अदालत छन् । हामीले देखाउँछौँ । राजा ज्ञानेन्द्रले सकेनन्, अरूले सक्छन् यहाँ ?”

देउवाले नेपालको राजनीतिक परिवर्तन जनताको इच्छाअनुसार भएको उल्लेख गर्दै संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र स्थापना भएको स्मरण गरे ।

“नेपाली जनता मालिक हुन् । जनताले जे भन्छन्, त्यही हुन्छ,” उनले भने, “मलाई अदालतप्रति पूरा विश्वास छ ।”