लोकतन्त्रका लागि प्रेस स्वतन्त्रता अति आवश्यक कुरा हो : देउवा

लोकतन्त्रका लागि प्रेस स्वतन्त्रता अति आवश्यक कुरा हो : देउवा


काठमाडौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले लोकतन्त्रका लागि प्रेस स्वतन्त्रता अति आवश्यक कुरा भएको बताएका छन्।  आज बिहान महाराजगन्जस्थित आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रेसले स्वतन्त्र रूपमा काम गर्न पाउनुपर्ने धारणा राखेका हुन्।

‘प्रेस स्वतन्त्रता स्वतन्त्र पत्रकारिताका लागि अति आवश्यक कुरा हो। मेरो पक्षमा छ मेरो पक्षमा छैन कुरा होइन नि। प्रेस व्यक्ति पूजा होइन नि। प्रेसले त निष्पक्ष हेर्ने हो। राम्रो गरेको छ कि छैन भनेर हेर्ने उसको काम हो’, उनले भने।