देउवा पक्षको आरोपमाथि गगन थापाले आज सानेपाबाट जवाफ दिने

देउवा पक्षको आरोपमाथि गगन थापाले आज सानेपाबाट जवाफ दिने


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षको भेलाबाट आफूविरुद्ध उठाइएका प्रश्नको जवाफ दिने भएका छन्। करिब एक सातादेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकलाई सभापति थापाले आज सम्बोधन गर्दैछन्। उनी अपराह्न ४ बजे बैठकमा बोल्ने कार्यक्रम रहेको कांग्रेस नेताहरूले बताएका छन्। थापाले आफ्नो सम्बोधनमा देउवा पक्षको तीनदिने भेलामा उठाइएका विषय तथा आफूमाथि गरिएका आलोचनाको जवाफ दिने तयारी गरेका छन्।
यसअघि आइतबार एक कार्यक्रममा बोल्दै थापाले देउवा पक्षको भेलाबारे पत्रकार सम्मेलन गरेर आफूले करिब एक घण्टा जवाफ दिने बताएका थिए। उनले पछिल्ला तीन दिनमा आफ्नो सबैभन्दा धेरै निन्दा भएको भन्दै देउवा पक्षको भेलालाई लक्षित गरेर टिप्पणीसमेत गरेका थिए।