काठमाडौँ । फिल्म ‘आचार्य’को टिजर सार्वजनिक भएपछि भिएफएक्सलाई लिएर आलोचना भइरहेका बेला अभिनेता निखिल उप्रेती र उनकी श्रीमती सञ्चिता लुईँटेलबीचको सम्बन्धलाई लिएर पनि चर्चा चुलिएको छ। सञ्चिताले अहिलेसम्म फिल्मको टिजर तथा फर्स्टलुक सेयर नगर्नु र बुधबार फेसबुक स्टोरीमा सांकेतिक पोस्ट लेखेपछि उनीहरूबीच सम्बन्ध चिसिएको चर्चा थप बढेको हो। यद्यपि, सञ्चिताले उक्त पोस्ट पछि हटाइसकेकी छन्।
फिल्मवृत्तमा चर्चा भएअनुसार ‘आचार्य’मा सञ्चिताले ठूलो लगानी गरेकी छन्। फिल्म निर्माणका क्रममा उनले दिएका केही सुझाव निखिलले नमानेपछि उनीहरूबीच मनमुटाव भएको बताइन्छ। यसअघि पनि छायांकनका क्रममा लाइटम्यानको पारिश्रमिकको विषयमा विवाद हुँदा निखिल र सञ्चिताबीच भनाभन भएको र त्यसपछि केही समय फिल्मको छायांकन रोकिएको थियो। पछिल्लो मनमुटावले फिल्मको बाँकी काम र असोज ९ गतेका लागि तय भएको प्रदर्शन प्रभावित हुने हो कि भन्ने आशंका बढेको छ। सञ्चिताको सहयोगबिना फिल्म पूर्ण रूपमा तयार पार्न कठिन हुने भएकाले उनीहरूबीचको सम्बन्ध सुधार हुनु ‘आचार्य’को प्रदर्शनका लागि महत्वपूर्ण देखिएको छ।
भिडियाे

प्रतिक्रिया