रसुवागढी भन्सारका २५ जना कर्मचारी सम्पर्कमा

रसुवागढी भन्सारका २५ जना कर्मचारी सम्पर्कमा


काठमाडौं । रसुवागढी भन्सार कार्यालयमा कार्यरत २५ जना कर्मचारी सम्पर्कमा आएका छन् ।

अर्थ मन्त्रालयका अनुसार भन्सार प्रमुख राजेन्द्र ढुंगानासहित २५ जना कर्मचारी सम्पर्कमा आएका हुन् । रसुवागढी भन्सार कार्यालयमा ३६ जना स्थायी कर्मचारीको दरबन्दी रहेको छ ।

त्यस्तै, कार्यालयमा चार जना करार तथा ज्यालादारी कर्मचारी कार्यरत रहेकामा एक जना सम्पर्कमा आएका छन् ।

सम्पर्कमा नआएका ११ जना स्थायी तथा तीन जना करार र ज्यालादारी कर्मचारीको खोजी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ ।