चीनमा नदी थुनिएर बनेको ताल पूरै खुलेन, भोटेकोशीमा फेरि बाढीको जोखिम

चीनमा नदी थुनिएर बनेको ताल पूरै खुलेन, भोटेकोशीमा फेरि बाढीको जोखिम


काठमाडौं । भोटेकोशी नदीमा फेरि बाढी आउन सक्ने जोखिम कायमै रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार चीनतर्फबाट प्राप्त पछिल्लो सूचनाले नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेको जनाएको छ । बुधबार दिउँसो १ः३५ बजे चिनियाँ अधिकारीहरूले पठाएको सूचनाका आधारमा भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा जोखिम कायमै रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले अर्को सूचना जारी नभएसम्म नदी आसपास नजान तथा नदीबाट टाढा सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।

‘चीनतर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको स्थानमा अझै पनि ताल पूरा नखोलिएको हुँदा भोटेकोशी र त्रिशूलीको क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुँदासम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहिरहन अनुरोध छ,’ प्राधिकरणले भनेको छ ।