काठमाडौं । रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सीमावर्ती क्षेत्रमा गएको हिम–चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्य्रानसहितको बाढी आएको प्रारम्भिक अध्ययनले देखाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का अनुसार Planet Labs को स्याटेलाइट तस्वीर विश्लेषणबाट गरिएको प्रारम्भिक अध्ययनले हिम–चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा बाढी आएको देखाएको हो ।
प्राधिकरणका अनुसार उक्त बाढी टिमुरे हुँदै त्रिशूली नदीमा प्रवेश गरेको देखिएको छ ।
सीमावर्ती क्षेत्रमा गएको हिम–चट्टान पहिरोले ठूलो मात्रामा गेग्य्रानसहितको पानी बगाउँदा ल्हेन्दे खोलामा आकस्मिक बाढी आएको प्रारम्भिक निष्कर्ष निकालिएको हो ।
प्राधिकरणले भने यो प्रारम्भिक अध्ययन भएकाले घटनाको थप विश्लेषण तथा स्थलगत विवरणबाट वास्तविक अवस्था यकिन गरिने जनाएको छ ।

प्रतिक्रिया