काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक तारामान गुरुङलाई ठगी मुद्दाको जाहेरीमा पक्राउ गरि रकम बुझाएपछि छाडिदिएको छ ।
पूर्वराज्यमन्त्री समेत रहेका गुरुङ ९ दिन प्रहरी हिसातमा बसेर रकम बुझाएर शुक्रबार छुटेका छन् ।
तीन जनाको पीडितको रकम बुझाएर कांग्रेस केन्द्रीय सदस्य गुरुङ शुक्रबार छुटेको जिल्ला प्रहरी परिसर काठकाडौंका प्रहरी प्रमुख (एसएसपी) दिलिप घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार ३ जना पीडितले गुरुङविरुद्ध किटानी जाहेरी दिएपछि पक्राउ गरेको बताए ।
कांग्रेस केन्द्रीय सदस्य गुरुङलाई प्रहरीले भदौ १८ गते पक्राउ गरेको थियो । भदौ १८ गते पक्राउ परेका गुरुङ ९ दिन प्रहरी हिरासतमा बसेर शुक्रबार छुटेका छन् ।
उनीविरुद्ध दोर्जे शेर्पा,रिंगुज्याम्बु शेर्पा र सुनुर्पा शेर्पाले प्रहरीमा जाहेरी दिएका थिए । स्रोतका अनुसार गुरुङले जाहेकरीकर्तामध्ये दोर्जेको ३३ लाख ५० हजार,रिंगुको १४ लाख र सुनुर्पुको २४ लाख रुपैया बुझाएपछि रिहा भएका हुन्

प्रतिक्रिया