कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइयो

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइयो


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार बैठक भदौ २८ गते आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यसँगै सातै प्रदेशका सभापतिहरूलाई पनि उपस्थित हुन निर्देशन दिइएको छ ।

बैठकका लागि आवश्यक उपस्थितिका सम्बन्धमा कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले सूचना जारी गरेका छन् ।