रुकुम पश्चिममा जिप दुर्घटना, दुई जनाको मृत्यु, १० जना घाइते

रुकुम पश्चिममा जिप दुर्घटना, दुई जनाको मृत्यु, १० जना घाइते

रुकुम पश्चिममा जिप दुर्घटना


काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार, जिप गाउँपालिकाको केन्द्र सानीभेरी ९ सिम्ली हुँदै खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप दुर्घटना भएको थियो ।

त्यस्तै दुर्घटनामा १० जना घाइते भएको बताइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ ।