भैरहवा । रुपन्देहीमा नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल चोरी गरिरहेको अवस्थामा प्रहरीले तीनवटा ट्याङ्कर र एक जनालाई नियन्त्रणमा लिएको छ ।
सिद्धार्थनगर नगरपालिका–८ स्थित सराफ आयल सेन्टरमा ट्याङ्करको सिल तोडेर डिजेल निकालिरहेको विशेष सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले २०८३ भदौ ३० गते गरेको कारबाहीमा लु २ ख १५४४ र लु १ ख ६५०४ नम्बरका ट्याङ्करसहित करिब ३० लिटर डिजेल र एक जनालाई नियन्त्रणमा लिएको हो ।
कारबाहीका क्रममा सोही स्थानबाट लु १ ख ६६१९ नम्बरको अर्को ट्याङ्कर भागेको भए पनि प्रहरीले पिछा गर्दै नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया