काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ।
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा शीर्ष राजनीतिक नेतृत्वबीच हुने सर्वदलीय बैठक बुधबार बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने भएको छ।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकको मुख्य विषय ‘उच्चस्तरीय राजनीतिक संयन्त्र गठन (विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन)’ रहेको छ।
भोटेकोशीसहित विभिन्न क्षेत्रमा विपद्का घटना भइरहेका बेला विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन तथा त्यससँग सम्बन्धित विषयमा राजनीतिक दलहरूबीच छलफल गर्न बैठक बोलाइएको रास्वपाले जनाएको छ। बैठकमा शीर्ष राजनीतिक नेतृत्वको सहभागिता रहनेछ।

प्रतिक्रिया